‘मिस युनिभर्स नेपाल २०२१’ को विजेतामा १५ प्रतियोगीलाई पछि पार्दै सुजिता बस्नेत बनेकी छन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भएकी छिन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् । भने डा.केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप ,निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भएका थिए । कार्यक्रमका विजेताले आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए ।