आज:  | Thu, 28, Mar, 2024

राप्रपाको महामन्त्री पदमा कुन्ती शाहीको उम्मेदवारी घोषणा

२०७८, १५ मंसिर बुधबार ०७:४५ मा प्रकाशित ( २ साल अघि) १६४९३ पाठक संख्या

काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को आसन्न महाधिवेशनमा राप्रपाको महामन्त्री महिला पदमा पूर्वमन्त्री कुन्ती कुमारी शाहीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आफ़्नो गृह जिल्ला दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाउदै   गर्नुभएकी शाही नेपालको सरकारको स्थानीय बिकास मन्त्रालय र शहरी बिकास मन्त्रालयमा राज्यमन्त्रीको सफल जिम्मेवारी सम्हाली सक्नुभएको छ ।ससदमा पार्टीको सचेतकको भूमिका समेत सफलतापुर्बक सम्पन्न गरेको अनुभव शाहीसँग छ । राप्रपाको महिला संगठनको केन्द्रिय अध्यक्षको भूमिकामा लामों समय काम गरेको र पार्टीको संगठन

बिस्तारमा देशब्यापि काम गरेको लामों अनुभव समेत छ। पार्टीभित्र ईमान्दार काम गर्ने नेताको रूपमा लिने गरिएको छ । बिभिन्न पार्टी र नेतासँग पार्टीको आन्तरिक सम्बन्ध र अन्तराष्ट्रिय स्तरमा समेत राम्रो सम्बन्ध कायम गर्न सफल ब्यक्तिको रूपमा नेतृ शाहीलाई लिने गरिन्छ । कानुनको राम्रो जानकार रहनुभएकी शाही कानुन बिध समेत हुनुहुन्छ । 

नेत्रृ शाहीले एकता महाधिवेशनमा राप्रपाको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । राप्रपालाई देशको बैकल्पिक शक्ति बनाउन आफू हरबखत पार्टी हितमा लागेर अगाडि बढने क्षमता आफूसँग रहेको भन्दै तत्कालीन समयमा आफूले ज्यानको बाजी समेत लगाएर पार्टीमा काम गरेकोले सानो सानो समस्याबाट आफू बिचलित नहुने बताउनु भयों । पार्टीमा पछिल्लो समय इमान्दारीताको खाँचोको कमी रहेको भन्दै पद लोभको भावना बढ़ेको प्रती चिन्ता ब्यक्त गर्नुभयो । राप्रपा पार्टी यसका नेता कार्यकर्ता बिचलित नभई देशको बैकल्पिक शक्ति बनाउन सबैजना एकताबद भएर लाग्न अपील समेत गर्नुभएको छ ।

 

खबर एक्सप्रेस