आज:  | Wed, 27, Mar, 2024

हिमपातपछि चन्द्रागिरिमा पर्यकटको घुँइचो

२०७८, १४ पुष बुधबार १०:३२ मा प्रकाशित ( २ साल अघि) १५३१५ पाठक संख्या

काठमाडौं, पुस १४ । हिजो देखी नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–भागका धेरै स्थानमा भारी हिमपात हुने सम्भावना देखिएको छ । 

आज र भोली राजधानीसहित देशका पहाडी तथा तराईका केही भू-भागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको छ । अहिले काठमाडौंसहित आसपासका जिल्लाहरुमा छिटपुट बर्षा भइरहेको छ ।काठमाडौंमा पनि बुधबार बिहानैदेखि वर्षा भइरहेको छ । वर्षासँगै चन्द्रागिरीमा यो वर्षको पहिलो हिमपात भएको छ । रातिदेखि हिउँ पर्न थालेको चन्द्रागिरि हिल्सले जनाएको छ । हिउँपरेसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । उपत्यकामा नजिकै र सहज पुग्नसक्ने भएकोले हिमपातपछि चन्द्रागिरिमा पर्यकटको घुँइचो लागेको छ ।

खबर एक्सप्रेस