आज:  | Fri, 22, Mar, 2024

महिला भलिबल खेलाडीहरु स्वदेश फर्किए

२०७८, १५ पुष बिहीबार १५:०७ मा प्रकाशित ( २ साल अघि) १०२३१ पाठक संख्या

काठमाडौँ । बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उठाएर बिजेता नेपाली खेलाडीहरु आज स्वदेश फर्किएका छन् । उनीहरुलाई बाजागाजाका साथ् खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, संघका पदाधिकारीले स्वागत गरेका थिए । राष्ट्रिय महिला भलिबल टोलीले मंगलबार सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानलाई ३.१ को सेटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, सलिना श्रेष्ठ र यसै च्याम्पियनसिपबाट महिला टोलीमा डेब्यु गरेकी शान्ति थारुको साथ रहेको छ । यस्तै उषा भण्डारी, साफिया पुन, कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा चौधरी र लक्ष्मी चन्द पनि टोलीमा रहेका छन् । यहि डिसेम्वर २३ बाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।
सरकारले जनही ५–५ लाख दिने 
सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५–५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

खबर एक्सप्रेस