बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बन्न सफल भएका हुन् । विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् । दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ