आज:  | Fri, 22, Mar, 2024

झोराहाट नाट्य समुहको कार्यक्रम

२०७८, १४ फाल्गुन शनिबार २१:४९ मा प्रकाशित ( २ साल अघि) १२८९७ पाठक संख्या

झोराहाट नाट्य समुहको नियमित मासिक कार्यक्रम झोराहाटमा साहित्यमा भएको गुणात्मक र सङ्ख्यात्मक ८१ जनाको उपस्थितिमाझको कार्यक्रममा पाँचजना स्रष्टाहरुले आ(आफ्ना सिर्जना सुनाउनु सुनाएका थिए । स्रष्टा किशोर कोइरालाले गजल, रोमु अधिकारीले गजल, जमुना पौडेलले कविता, राधारमाले मुक्तक र गणेशबाबु अधिकारीले गजल सुनाउँदा कार्यक्रममा निकै रौनक छाएको थियो । कार्यक्रममा महाकाव्यकार तथा अग्रज व्यक्तित्व डम्मरुबल्लभ भण्डारी (इनरुवा)लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा प्राज्ञ विवश पोखरेलले सबैलाई धन्यवाद दिँदै झोराहाट नाटकघरको निरन्तर कर्मको सह्राहना गर्दै सबैलाई हौसला प्रदान गर्नुभयो । मोरङ , सुनसरी र झापाबाट स्रस्टा र स्रोताहरुको सघन उपस्थिति रहेको कार्यक्रमको सभापतित्व झोराहाट नाट्य समुहका सचिब छत्र काफ्ले र संचालन भरत गुरागाईँ बर्बरिकबाट भएको थियो ।

खबर एक्सप्रेस