आज:  | Thu, 01, Jun, 2023

महाभियोग सिफारिस समिति गठन

२०७८, २२ फाल्गुन आईतवार १६:३४ मा प्रकाशित ( १ साल अघि) १०२०० पाठक संख्या

काठमाडौं, फागुन २२ गते । प्रतिनिधिसभा संसदको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । संसद्को अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ । महाभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मीनबहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यशोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्यहरुको प्रस्ताव गरिएको थियो ।

खबर एक्सप्रेस