आज:  | Fri, 22, Mar, 2024

अभिनेत्री पल्पसाको मृगौलाको प्रत्यारोपण सफल

२०७८, २६ फाल्गुन बिहीबार ०७:५९ मा प्रकाशित ( २ साल अघि) १६१२१ पाठक संख्या

हास्य अभिनयकालागि ख्यातिप्राप्त  लोकप्रिय अभिनेत्री पल्पसा डंगोलको मृगौलाको  प्रत्यारोपण शिक्षण अस्पताल माहाराजगन्जमा भएको छ ।बिगत केही महिना देखी अभिनेत्री पल्पसाको किडनीले काम गर्न छोडे पछि प्रत्यारोपणका लागि पहल भैरहेको थियो । नेपालको कानुन अनुसार किडनी प्रत्यरोपणका लागि नजिकका आफन्त हुनुपर्ने कारणले पल्पसाका भाई अजु डंगोलले किडनी प्रदान गर्नु भएकोछ ।

बुधबार सम्पन्न   करिब ५ घण्टा लागेको प्रत्यारोपण कार्यमा प्राध्यापक डा दिव्या सिंहको नेतृत्वमा प्रा डा उत्तम कुमार श्रेष्ठ,प्रा डा प्रेम ज्ञवाली,प्रा डा महेशराज सिग्देल,प्रा डा पवन बस्याल,प्रा डा भोजराज लुईटेल,लगायतको टिम रहेको थियो । अभिनेत्री पल्पसाको उपचारका लागि शुरू देखि नै डा सौरभ सिंह हमालले समन्वय गर्नु भएको थियो ।अस्पताल सुत्रका अनुसार पल्पसालाई हप्ता दिन सम्म आई सि युमा राखिनेछ र भाई अजुले पनि ४/५ दिन सम्म बस्नु पर्ने हुन्छ ।

नेपाल चलचित्र कलाकार संघबाट अध्यक्ष रबिन्द्र खडकाले जानकारी गराए अनुसार संघका पदाथिकारीहरु शिक्षण अस्पतालमा रहेर आबश्यक समन्वयको कार्य गरिएको बुझिएको छ ।

अभिनेत्री पल्पसालाई बिशिष्ट अभिनेत्री बशुन्धरा भुशालको संयोजकत्वमा रहेको चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले संघको सिफारिसमा उपचार सहयोगका लागि दुईलाख प्रदान गर्ने निर्णय पनि गरेको छ ।    हाल अभिनेत्री पल्पसाको स्बास्थ्य राम्रो रहेको बताईएकोछ ।

खबर एक्सप्रेस