आज:  | Thu, 18, Apr, 2024

शताब्दी पुरुष जोशी आईसीयूमा: अवस्था सन्तोषजनक

२०७९, ३ बैशाख शनिबार १६:१० मा प्रकाशित ( २ साल अघि) ७७५१ पाठक संख्या

काठमाडौं वैशाख ३ गते । शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनलाई काठमाडौंस्थित किष्ट अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले जोशीमा फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको जनाएका छन् । अहिले उनको अवस्था सन्तोषजनक रहेको जनाइएको छ ।

खबर एक्सप्रेस