आज:  | Fri, 22, Mar, 2024

चलचित्र ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक

२०७९, ५ बैशाख सोमबार २२:५३ मा प्रकाशित ( १ साल अघि) १६६४८ पाठक संख्या

काठमाडौं । नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल मार्फत रिलिज भएको ट्रेलर तीन मिनेट लामो छ । ट्रेलरमा कमेडी,लभ,रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समिश्रण देखाईएको छ । चलचित्रलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । भने सुनील थापा,छुल्ठिम गुरुङ,शिसशर राणा लगायतका कलाकारले अभिनय रहेको छन् । दार्जिलिङ,सिलगडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा खिचिएको छ । चलचित्रको कथा र पटकथा निर्देशक निमेष प्रधानको हो भने सम्वाद लेखनमा उनलाई शिसशर राणाले सघाएका छन् ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

खबर एक्सप्रेस