सुदीप पौडेल पोखरा : सरकारले जेष्ठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयको विरोध गर्दै बाल अभियन्ता प्रेन्सा रेग्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द नेपाली पोखरेल र जिल्ला प्रशासन कास्कीका सहायक प्रमुख मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई रेग्मीले ज्ञापनपत्र बुझाएकी हुन् । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णयले बालबालिकामा असर पर्ने भन्दै तीन पानाको ज्ञापनपत्र बुझाएकी हुन् । बाल अभियन्ता प्रेन्सा रेग्मी सामाजिक कार्यसङ्गै बालबालिकाका अधिकार सम्बन्धि कार्यक्रम गर्दै आएकी छन् ।