आज:  | Thu, 18, Apr, 2024

एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई चेतावनी

२०७९, ५ जेष्ठ बिहीबार १३:०४ मा प्रकाशित ( १ साल अघि) १३१४५ पाठक संख्या

काठमाडौं, जेठ ५ गते । विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिएको छ । फिफाले मंगलबार एन्फालाई पत्र पठाउँदै अझै फुटबलमा प्रतिबन्धमा रहेको कारण थापालाई फुटबल गतिविधिमा सामेल नहुन चेतावनी दिएको हो ।

फिफाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एसियाली फुटबल महासंघ (एएफसी) का उपमहासचिव भाहिद कार्दनीले पूर्व अध्यक्ष थापामाथि लगाइएको प्रतिबन्धबारे पुनः स्मरण गराएको छ । पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफाको अनुशासन समितिमा रिपोर्ट गर्न पत्र मार्फत एन्फालाई आग्रह समेत गरेको छ ।

खबर एक्सप्रेस