आज:  | Fri, 22, Mar, 2024

जय बाग्मती (कविता)-खगेन्द्र कार्की, अभियन्ता

२०७९, ७ जेष्ठ शनिबार २०:३० मा प्रकाशित ( १ साल अघि) १६८९६ पाठक संख्या

तिम्रा वरिपरि जुम्रा, लिखा,चायारूपी प्लाष्टिक थुप्रिन्छन् ।

नाक थुनेर किन हिँड्नु तिम्रा सामु किन तर्किन्छन् फर्किन्छन् । 

मूर्ख हामी,दुष्ट हामी,बाटो बिर्सिएर, बुद्धि बिग्रिएर दुर्गन्धित बनायौं,अब आउने छैन तिमीले आत्तिएर रुने दिन ।

कसलाई गाली गरौँ, दुष्ट कसलाई भनौँ र यहाँ झुल्के घाममै तिम्रो दर्शन गर्न पाउँ फोहोर होइन जल छुनलाई ।

सेल्फी लिएर सुवास तिम्रो लिई आफूलाई पवित्र हुनलाई।

नमन गरोस् सबले, वाह वाग्मती क्या वाग्मती भन्दै । 

सबकी प्यारी जाउन सुन्दरी वागमती त्यहाँ छ भन्दै । 

डुबेर तिमीमा रमेर तिमिमा हेर्न पाउँ

छोएर तिमीलाई  सुन्दरता चुम्न पाउँ 

एक दिन ब्युँतिने छौ तिमी अहिले बिरामी भएर पनि 

स्वार्थी भए मानव यहीँ उठ्नु पर्छ तिमी जसरी पनि 

म त समर्पित छु वाग्मती निरन्तर तिम्रा खातिर 

हाँस्नेछौ, बाच्नेछौ युगौँ युग वाग्मती तिमी 

म विलीन भई जाउला के भो त जानू छ एक दिन 

तर तिमी त हाम्री सभ्यता हौ उदाउनु पर्छ हर बिहान, फुल्नुपर्छ संधैभरी ।

जय बागमती ।

खगेन्द्र कार्की, अभियन्ता बाग्मती सफाई अभियान काठमाडौ  

खबर एक्सप्रेस