आज:  | Thu, 18, Apr, 2024

प्रदिप खड्का अभिनित ‘प्रकाश’को टिजर रिलिज

२०७९, १७ जेष्ठ मंगलवार २२:३८ मा प्रकाशित ( १ साल अघि) १९६८६ पाठक संख्या

प्रदिप खड्का अभिनित चलचित्र ‘प्रकाश’को टिजर युट्युबमा आज रिलिज भएको हो । भदौ १० गतेबाट रिलिज हुने चलचित्रको टिजर भने गत बैशाखदेखी नै हलमा प्रर्दशन हुदै आएको थियो । टिजरमा मुख्य कलाकारहरु प्रदीप खड्का र दिया मास्केलाई देखाइएको छ ।
कर्णालीको जुम्ला आसपासको परिवेशमा पहिरन, संवाद र शैलीले दर्शकलाई आकर्षित गरेको छ । जनयुद्धका कारण वेपत्ता आफ्ना श्रीमान् र पितालाई पर्खिरहेका परिवारको कथामा यो चलचित्र बनेको छ । साथमा फिल्मले सरकारी स्कुलको जागिर खानका लागि एक यूवाले गर्ने संघर्षलाई देखाईएको छ । विकास सुवेदीको लेखनमा तयार भएको चलचित्रलाई ‘प्रसाद’ फेम्ड निर्देशन दिनेश राउतले निर्देशन गरेका छन् । फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । महेन्द्र अधिकारी यसका निर्माता हुन।

DAR Movies बाट रिलिज भएको टिजरलाई दर्शकले मन पराईरहेको प्रतिक्रिया दिएका छन् । हालसम्म ५० हजारले हेरेका छन् भने एक हजारले कमेण्ट गरेका छन्

 

खबर एक्सप्रेस