आज:  | Thu, 18, Apr, 2024

रातो मछिन्द्रनाथको रथयात्रा

२०७९, १८ जेष्ठ बुधबार २१:१९ मा प्रकाशित ( १ साल अघि) १००१४ पाठक संख्या

काठमाडौं, जेठ १८ गते। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा सकिएको छ। गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको रथयात्रा तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ आज बुधबार जावलाखेल लगिएको छ। गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्‍याएका हुन्।
रथलाई जावलाखेल पुर्‍याएपछि पल्टनले फेरि हर्षबढाइँ गर्ने प्रचलन रहेको छ । जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराउने परम्परा समेत रहेको छ। रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ। यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ ।

खबर एक्सप्रेस