आज:  | Fri, 22, Mar, 2024

प्रदीपको प्रकाशको पहिलो गीत सार्वजनिक

२०७९, २ असार बिहीबार २२:४८ मा प्रकाशित ( १ साल अघि) १३१७६ पाठक संख्या
आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘मान्छे-मान्छे’ बोलको लिरिकल भिडियो गीतमा अशोक शेरचनको शब्द रचना रहेको छ भने एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर छ । गीतको भिडियोमा फिल्मका चल-अचल दृश्यहरु समावेश छन् ।
गीतमा जातीय र वर्गीय विभेदको समस्यालाई देखाइएको छ । देश परिवर्तनका लागि माओवादी जनयुद्ध भएर व्यवस्था र सरकार फेरिए पनि व्यवहार फेरिन नसकेको विषयलाई गीतमा गहन रुपमा उठाइएको छ । गीतको शब्दहरु मनछुने छन् । समग्रमा गीतले फिल्मको कथा बोलेको छ । गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केको लुक्स र गेटअपले ध्यान खिच्छ ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, देवकुमार श्रेष्ठ, हुम विसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ । महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत तथा शैलेश श्रेष्ठको पार्श्व संगीत छ ।
https://youtu.be/Ze8dlamenG0
खबर एक्सप्रेस