आज:  | Sat, 10, Dec, 2022

फिल्म ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक

२०७९, १६ असार बिहीबार १९:०२ मा प्रकाशित ( ५ महिना अघि) ६५११ पाठक संख्या

फिल्म ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ आज सार्वजनिक भएको छ । बर्गिय विभेदको मुद्धालाई उठान गरेको फिल्म ‘प्रकाश’को बिहिबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।
दिनेश राउत निर्देशित फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

खबर एक्सप्रेस