आज:  | Fri, 29, Mar, 2024

महिला साफ च्याम्पियनसिप साफ भदौमा नेपालमा हुने

२०७९, १८ असार शनिबार २०:०६ मा प्रकाशित ( १ साल अघि) ७५६५ पाठक संख्या

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।

खबर एक्सप्रेस