आज:  | Tue, 06, Dec, 2022

युट्युबर पक्राउ

२०७९, २१ असार मंगलवार १८:५७ मा प्रकाशित ( ५ महिना अघि) २२६४ पाठक संख्या

युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरापालिका–७ घर भई काठमाडौं बस्ने प्रवेश लामा छन् ।
२२ वर्षका प्रवेश लामाले ‘४ रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लीलता फैलाउने भिडियो बनाएर पोष्ट गरेको ब्यूरोले जनाएको छ । जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

खबर एक्सप्रेस