आज:  | Tue, 06, Dec, 2022

विचाराधीन नागरिकता विधेयक फिर्ता

२०७९, २१ असार मंगलवार १९:०२ मा प्रकाशित ( ५ महिना अघि) १८६१ पाठक संख्या

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको छ । नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश भैसकेको थियो तर सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायम छ । नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

खबर एक्सप्रेस