आज:  | Fri, 29, Mar, 2024

मिटरब्याजी दिदीभाइ थुनामा

२०७९, २३ असार बिहीबार १२:५८ मा प्रकाशित ( १ साल अघि) ५४८८ पाठक संख्या

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहको छोरा र छोरी बुधवार कारागारमा पुगेका छन् ।सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले नन्दकिशोर साह र अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा पठाइएको अदालतले जनाएको छ।

सुनसरीको धरानबाट नन्दकिशोर पक्राउ परेको दुई दिनपछि जेठ २८ गते काठमाडौं गोशालाबाट अनुराधा पक्राउ परेकी थिइन्। प्रधानमंन्त्रीले निर्देशन दिएपछि मात्र आरोपितहरूलाई पक्राउ गर्न नेपाल प्रहरी सक्रिय भएको थियो र ठगी तथा आपराधिक विश्वासघात मुद्दामा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले उजुरी दर्ता गरेको छ हो। पीडितहरूले तीन महिनाअघि मिटरब्याजीहरूबाट नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो।

उच्च अदालत राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिए पनि उजुरी दर्ता भएको थिएन। प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको न्यायका लागि गत मंसिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितहरूले बताए। पीडितले मंसिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएका थिए । कारबाही अगाडि बढेपछि सप्तरीमा जनकपुर क्रमशः सार्वजनिक हुँदै गएको र कारबाहीको उजुरी थपिदै गएको छ।

सप्तरीको खडक नगरपालिका-७ स्थित कल्याणपुर घर भएका रामदेवसहित उनकी श्रीमती. शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहलगायत हालसम्म पक्राउ पर्न सकेका छैनन् । घर व्यवहार खर्च प्रयोजनका लागि ऋण दिँदा चर्को ब्याज असुल्ने साह परिवारविरुद्ध ठगी तथा विश्वासघात मुद्दा दर्ता भएपछि उनी फरार छन् ।

ऋणीको जग्गा आफ्नो परिवारको नाममा रजिस्ट्ररी गरेर मात्र ऋण दिने गरेका साहले मिटरब्याजमा चर्को रकम असुल्नुका साथै जग्गासमेत कब्जा गरेको आरोप छ् ।

खबर एक्सप्रेस