आज:  | Sat, 20, Apr, 2024

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन

२०७९, २४ असार शुक्रबार १५:२१ मा प्रकाशित ( १ साल अघि) ५८२९ पाठक संख्या

एजेन्सी । बन्दुकधारीको गोली प्रहारबाट घाइते भएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । द गार्जियनको रिपोर्ट अनुसार जापानी अधिकारीहरुले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

गोली प्रहारपछि अचेत रहेका आवेको उपचारको क्रममा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ ।जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेमाथि जापानको नारा शहरमा चुनावी भाषणका क्रममा गोली प्रहार भएको हो ।

तीन बर्ष जापानको समुद्री आत्मरक्षा बलमा काम गरेका ४१ बर्षिय यामागामी तेत्सुयाले जुलाई ८ तारिख बिहान ११ बजेर ३२ मिनेटमा आबेमाथि गोली प्रहार गरेका थिए ।उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिसकेको छ ।

खबर एक्सप्रेस