आज:  | Fri, 08, Dec, 2023

समाजसेवाको नाममा छ्लकपट

२०७९, २४ असार शुक्रबार १५:५३ मा प्रकाशित ( १ साल अघि) ७९६८ पाठक संख्या

समाजसेवाको नाममा छ्लकपट, धोखाघडी, बिश्वासघात कतिन्जेलसम्म?
यस्ता सामाजिक नेतृत्वबाट समाजको हितमा कार्य हुन्छ होला ?
सबै लायन्स साथीहरुले यो कागज एक पटक पढ्नु होला।
आज धेरै कुरा लेख्दिन। प्रश्नहरु आउन थाले पछि आवश्यकता अनुसार सबै कुरा पर्दाफास गर्दै जानेछु। तल राखिएको बालकृष्ण बुर्लाकोटि र मेरो बिच गरिएको लिखतले नै धेरै कुरा बोलेको छ। मानिसहरुमा नैतिकता इमान्दारिता नभए पछि जे गर्दा नि हुने रहेछ भन्ने कुरा यो कागजले देखाउँछ। अझ त्यहाँ माथी तत्कालीन बि १ का सम्पुर्ण पुर्ब गभर्नरहरु समेत बसेर गरिएको माइन्युटको समेत धज्जी उडाइएको छ। संजय खेतान सरको अघाडी बसेर गरेको बाचालाई समेत लत्याइएको छ।
बालकृष्ण जि लाई मेरो केहि प्रश्नहरु छन: यदि राजन लम्साललाई नै एरिया लिडर बनाउनु थियो भने म संग किन यो कागज गर्ने नाटक गरियो? मलाई यस स्तरको छ्लछाम गर्न किन जरुरि थियो? तपाइँ लिडरहरु मै नैतिकता नभए पछि सर्बसधारण लायन्सहरु माझ कसरी मुख देखाउनु हुन्छ? बोलेको कुरा पूरा गर्ने त परै जावस लेखेर सहिछाप गरेको कुरा समेत पूरा नहुदोँ रहेछ त। अझ बोले पछि भैहाल्यो नि किन कागज गर्नु पर्छ र भनेको त यस्तो योजना रहेछ र पो बल्ल पो थहा भयो। चुनाव जित्न कै लागि यस्तो बेइमानी गर्न जरुरी थियो र ? यस्तो प्रवृत्ति बोकेर लायन्स र समाजको नेतृत्व गर्छु भन्ने कुरा हास्यास्पद भएन?
“लायन्स जस्तो सेवा गर्ने संस्थालाई धन्धा गर्ने थलो बनाइएको छ यहाँ।”
आइडि इन्डोर्सीको लागि मैले पनि पहिले देखि नै आकांक्षा राखेको कुरा सर्बबिधितै छ। यो कागज गर्नु ४-५ महिना अघाडी देखि नै मलाई आइ डि इन्डोर्सीको चुनावमा मिलेर जानको लागि बालकृष्णजिबाट धेरै आग्रह भयो। मैले मानेको थिइन । सिनियरिटिको हिसाबले र मैले डिस्ट्रीकमा पुर्याएको योगदानको हिसाबले पनि मैले नै पाउनु पर्छ, तपाइँ पछि आउनुस भनेको थिएँ तर उहाँको धेरै नै पटक अनुनय बिनय पश्चात् र राजन लम्साल जि ले समेत तपाईंहरु अहिले डिस्ट्रीक्टमा चुनाव लडनु भयो भने मल्टीपलमा चुनाव हारिन्छ, त्यसैले मिलेर नै जानुस भन्ने बारम्बारको ताकेताले गर्दा मैले यो लिखित सहमति गरि छोडेको थिएँ। जस अनुसार बालकृष्णजिले मलाई चुनाव सक्किएको लगत्तै एल सि आइ अफ एरिया लिडरबाट राजिनामा गरेर मलाई आगामी लिडरसिपको लागि अघि बढाउनको लागि अन्तर्राष्ट्रियमा मलाई एल सि आइ एफ एरिया लिडरको लागि सिफारिस गर्ने भन्ने थियो तर चुनाव सक्किएर आफुले जितिसके पछि त्यो कुरालाई आलटाल गर्दै जानू भयो। मैले सहमती अनुसारको काम गर्न बारम्बार ताकेता गर्दा पनि उहाँले वास्ता नगरी आफनो एरिया लिडरको कार्यकाल जुन महीना सम्म रहेको र अहिले बिचमा राजिनामा गर्दा लायन्स अन्तर्राष्ट्रियमा राम्रो हुँदैन यसैले जुन महिनामा मेरो कार्यकाल सक्किएपछि मैले तपाईलाई बनाउनको लागि सिफरिस गर्नेछु भन्नुभयो। म त्यसैमा बिश्वास गरि बसेको थिएं तर आज जुन तरिकाले राजन लम्साललाई एरिया लिडर सिफारिस गरि पठाएर उहाँलाई बनाईयो, यो कुराले के म्यासेज जान्छ भने हामी लिडरसिप बिचमा त यस्तो तेस्रो दर्जाको झुट र बेइमानका कुराहरु गरेर झुक्क्याइन्छ भने सर्बसाधारण तलका लायन्सहरुलाई कत्ती गरिन्छ होला।
नेतृत्वले देखाएको ब्यवहार र कार्यले त्यो संस्थाको ईज्जत र मुल्य निर्माण हुन्छ, यस्ता स्वार्थी र घृणित ब्यबहार र बिचारले युक्त लिडरसिपले संस्थाको गरिमा कांहा पुग्ला? सम्पुर्ण लायन्स साथीहरु यस्ता स्वार्थलिप्त नेतृत्वहरुप्रती सदा सतर्क रहनुपर्ने आवश्यकता फेरि पनि प्रमाणित भएको छ।

लाईन्स धुर्ब थापाको सामाजिक संजालबाट

खबर एक्सप्रेस