काठमाडौं, असार २४ गते । पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसनर दुई हजार १४५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको हो । जसमा एक हजार ६१ जनाको आरटी पिसिआर गर्दा ८३ जनामा र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये सबैभन्दा बढी ४१ जना काठमाडौंमा रहेका छन् । ललितपुरमा र मकवानपुरमा पाँचरपाँचजनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७ जना सङ्क्रमणमुक्त भएका छन् । सोही सयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । भने ६२ हजार ९७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।