आज:  | Sun, 05, Feb, 2023

जापानका पूर्वप्रधानमन्त्रीको निधनमा नेपालले भोली राष्ट्रिय शोक मनाउने

२०७९, २४ असार शुक्रबार २०:१४ मा प्रकाशित ( ७ महिना अघि) ६८८३ पाठक संख्या

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गोली प्रहारबाट शुक्रवार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिवार राष्ट्रिय शोक मनाउने निर्णय भएको छ ।
सरकारले घटना निन्दनीय भएको भन्दै भर्त्सना पनि गरेको छ । नेपालका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।
यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आबेको निधनमा दुख व्यक्त गरेका थिए । आबेको शुक्रबार एक चुनावी कार्यक्रममा भाषण गरिरहेको बेला गोली हानेपछि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

खबर एक्सप्रेस