आज:  | Fri, 03, Feb, 2023

संक्रमण बढ्दै १०२ जनामा संक्रमण पुष्टि

२०७९, २५ असार शनिबार २०:३४ मा प्रकाशित ( ६ महिना अघि) ६५११ पाठक संख्या

काठमाडौं, असार २५ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर कुल १०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । मृत्युदर भने शून्य रहेको छ ।

खबर एक्सप्रेस