आज:  | Sat, 10, Dec, 2022

फिल्म लाइगरुको ट्रलेर सार्वजनिक

२०७९, ५ श्रावण बिहीबार २२:४४ मा प्रकाशित ( ४ महिना अघि) ७७८२ पाठक संख्या

काठमाडौं, साउन ५ गते । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म लाइगरुको ट्रलेर सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म डियर कमरेडबाट चर्चा बटुलेका विजयको यो डेब्यू बलिउड फिल्म हो ।
फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देख्न सकिन्छ । दुई मिनेटको ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देखाइएको छ । त्यसैगरी, फिल्ममा रम्या कृष्ण विजय देवरकोन्डाकी आमाको भूमिका देखिएका छन् । फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पुरी जगन्नाथले निर्देशन गर्नुभएको यो फिल्म २५ अगस्ट अर्थात् भदौ ९ गते प्रदर्शनमा आउने बताइएको छ ।

 

खबर एक्सप्रेस