आज:  | Sat, 20, Apr, 2024

नागरिकता सम्बन्धि बिधेयक त्रुटिपूर्ण : महामन्त्री कुन्ती शाही

२०७९, ७ श्रावण शनिबार २२:०३ मा प्रकाशित ( १ साल अघि) ७५९६ पाठक संख्या

राप्रपाका महामन्त्री कुन्ती कुमारी शाहीले सरकारले ल्याएको नागरिकता विधेयक माथि असहमती जनाउदै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यसले राष्ट्रमा दूरगामी दुश्प्रभाव पार्ने चेतावनी दिएकी छन् । 

उनले भनेकी छन “नेपाली हरेकले नागरिकता सहज र सरल किसिमले प्राप्त गर्न पाउनुपर्छ। बिदेशी महिलाले नेपालमा बिबाहपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने नागरिकता सम्बन्धि बिधेयकमा भएको ब्यबस्था त्रुटिपूर्ण छ । यसले राष्ट्रमा दूरगामी दुश्प्रभाव पार्दछ !” भन्दै सरकारको यो कामको बिरोध गरेकी छन । सरकारले शुक्रबारका दिन प्रतिनिधि सभाको बैठकबाट नागरिकता सम्बन्धी विधेयक पारित गरेको थियो ।अहिले यसको चौतर्फी बिरोध भैरहेको छ ।

खबर एक्सप्रेस