आज:  | Fri, 22, Mar, 2024

नेप्सेमा उछाल

२०७९, ८ श्रावण आईतवार २१:५५ मा प्रकाशित ( १ साल अघि) ६२९४ पाठक संख्या

काठमाडौँ । मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अङ्कले बढेर दुई हजार ७८.५१ मा पुगेको हो ।

खबर एक्सप्रेस