आज:  | Sat, 13, Apr, 2024

मलेसियामा ७०लाखभन्दा बढी म्यानग्रोभ रूखहरू रोपिदै

२०७९, १० श्रावण मंगलवार २२:४० मा प्रकाशित ( १ साल अघि) १२९२८ पाठक संख्या

क्वालालम्पुर । मलेसियामा समुद्री दलदलयुक्त वन र पारिस्थितिकी प्रणाली संरक्षणको प्रयासस्वरुप ७०लाखभन्दा बढी म्यानग्रोभ रूखहरू रोप्न लागिएको छ। यो कदमले तटीय क्षेत्रहरूमा द्रुतरूपमा जारी विकासको प्रभावलाई कम गर्न र तटीय क्षेत्रको छेउमा बसोबास गर्ने समुदायहरूको सुरक्षा गर्न महत्त्वपूर्ण सहयोग पुर्याउँने त्यहाँका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री तकीयुद्दीन हसनले बताएका छन् । म्यान्ग्रोभ इकोसिस्टमको संरक्षणको लागि अन्तरराष्ट्रिय दिवसमा जारी गरिएको विज्ञप्तिमार्फत उनले यस विषयमा थप प्रकाश पारेका छन् । गत जुन ३० सम्ममा ३ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । साथै सरकारले तटीय वन स्रोतको सफल उपयोग, संरक्षण र व्यवस्थापनका लागि दोस्रो राष्ट्रिय तटीय क्षेत्र भौतिक योजना कार्यान्वयन गरिरहेको समेत मन्त्री तकियाउद्दीनले बताएका छन।

 

खबर एक्सप्रेस