काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाबाट नेपाली चलचित्र क्षेत्रमा लामो योगदान दिएका कलाकार, निर्माता तथा चलचित्र वितरक गोविन्द शाही सम्मानित भएका छन् । कांग्रेस निकट नेपाल सांस्कृतिक संघले उनलाई सम्मान प्रदान गरेको हो ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा खटेर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन भूमिका निर्वाह गरेको भन्दै उनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सम्मानित गरिएको हो ।
शाही दुई दशकदेखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् ।