आज:  | Fri, 29, Mar, 2024

जुम्लाको हिमामा जनप्रतिनिधिले साढे दुई लाख बिरुवा रोप्ने

२०७९, १४ श्रावण शनिबार १३:१० मा प्रकाशित ( १ साल अघि) १०७५८ पाठक संख्या

हिक्मत चन्द सुर्खेत । जुम्लाको हिमा गाउँपालिका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा साढे दुई लाख बिरुवा रोप्ने योजना बनाएका छन् । हिमाका जनप्रतिनिधिले पहिलो वर्षको नीति तथा कार्यक्रममा सडक र नदी हरियाली बनाउने उद्देश्यका साथ बिरुवा रोप्ने योजना अघि बढाएका हुन् । कर्णाली राजमार्गअन्तर्गत मुगुको राराताल जाने नाग्म गमगढी सडक हिमा नदीको तिरैतिरमा पर्दछ । पाँचवर्षे कार्यकालमा यही सडक र नदीलाई हरियाली बनाउने योजना बनाएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने ‘कार्यकालको पहिलो वर्ष यो योजना सफल पार्न पालिकाले हरेक वर्ष ५० हजार बिरुवा रोप्ने योजना बनाएको छ । यही योजनालाई अभियानलाई साकार पार्न तलिकुडीस्थित मष्टमाटु पाखा र वडा नं. ५ को भुगाल पाटामा झण्डै ३ सय बिरुवा रोपिएको छ । प्रत्येक वर्षको साउन महिनामा पालिका भरिका नाङ्गा डाँडापाखा तथा नदीको तटीय क्षेत्रमा बिरुवा रोपिने गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए ।

खबर एक्सप्रेस