आज:  | Wed, 27, Sep, 2023

यू२० साफ च्याम्पियनसिपमा नेपाललाई ८ गोल

२०७९, १५ श्रावण आईतवार २२:३६ मा प्रकाशित ( १ साल अघि) १००७६ पाठक संख्या

काठमाडौं । यू-२० साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । भारतको भुवनेश्वरमा जारी यू-२० साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
यसअघिका दुई खेलमा अपराजित रहेको नेपाल भारतसँग भने लज्जास्पद हार भएको छ । पहिलो हाफमा १(० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा भने ७ गोल खायो । योसँगै भारत ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।
अहिलेसम्म बंगलादेशले ३ खेलमा तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर भारत दोस्रो र ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित नेपाल तेस्रो स्थानमा झरेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्सको १-१ अंक रहेको छ ।नेपालले आफ्नो लिग चरण अन्तिम खेलमा बंगलादेशको सामना २ अगस्तमा गर्ने छ । लिग चरणमा शिर्ष दुई स्थानमा रहने देश फाइनल खेल्ने छन् । फाइनल खेल अगस्त ५ मा हुने तालिका रहेको छ ।

खबर एक्सप्रेस