आज:  | Wed, 27, Mar, 2024

उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ

२०७९, १७ श्रावण मंगलवार २१:१८ मा प्रकाशित ( १ साल अघि) १५८४२ पाठक संख्या

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको हाे ।

प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो । काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिएको छ । उपसचिव नेपालसँग स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपियाँ गरी जम्मा २२ लाख ५० हजार रुपयिाँ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

खबर एक्सप्रेस