आज:  | Sat, 20, Apr, 2024

प्रेम गीत ३ फिल्मको पोष्टरमय मुम्बई

२०७९, १७ श्रावण मंगलवार २२:४९ मा प्रकाशित ( १ साल अघि) ८८६७ पाठक संख्या

काठमाडौं । नेपालमा बनेको चलचित्र ‘प्रेम गीत ३ को चर्चाले अहिले बजार तातिएको छ । यो फिल्मको टिमले भारतमा आफ्नो पोष्टर सार्वजनिक गरेसँगै वलिउडको राजधानी मुम्बई लगाएत भारतका विभिन्न शहरमा पोष्टर सार्वजनिक भइरहेका तस्बिर प्राप्त भैरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । यो नै नेपाली फिल्मको ईतिहासमा यतिधेरै चर्चा भएको पहिलो फिल्म हो । भारतमा यसरी नेपाली फिल्मले उत्साहजनक प्रतिक्रिया पाउदा यसका निर्माता निर्देशक सन्तोष सेन लगाएत टिमको खुशीको सिमा छैन । बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा अहिले नेपाली फिल्म प्रेम गीत ३ का पोष्टरले ति स्थान ओगटेको छ । यो आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।
प्रेम गीत ३ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म एकैसाथ प्रर्दशनमा आउने छ । नेपाल कै लोकेसन, नेपाल कै कथा, नेपाल कै कलाकार, नेपाल कै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा प्रर्दशन हुनेछ ।
साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामीले देख्न बेला आएको निर्देशक सेनले बताएका छन् । बलिउडका फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट पाएको साथ र सपोर्टले यो फिल्मले बलिउडमा आफ्नो राम्रो पकट जमाउने विश्वास लिईएको छ । आगामी २३ सेप्टेम्बरदेखि यो फिल्म संसारभर एकसाथ प्रर्दशनमा आउदै छ ।

खबर एक्सप्रेस