आज:  | Tue, 23, Apr, 2024

प्रेमगी३ बिशेष फिल्म : महानायक राजेश हमाल

२०७९, १९ श्रावण बिहीबार १४:०६ मा प्रकाशित ( १ साल अघि) १२६४९ पाठक संख्या

गणेश तिवारी खबरएक्सप्रेस । नेपाली फिल्म प्रेमगीत३ नेपाल भारत एकैसाथ प्रर्दशनमा आउदै छ । यो बिषय अहिले नेपाल र भारतमा चर्चाको बिषय बनेको छ । यही बिचमा बुधबार टीभीको एक रियालिटी शोमा अतिथिको भुमिका निभाउन जाने क्रममा महानायक राजेश हमालले प्रेमगीत ३ को मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
‘मेरो डान्स कप यूएसए’ सिजन ४ मा अतिथिको रुपमा सहभागी हुने क्रममा उनले संचारकर्मीको जिज्ञासामा प्रेमगीत ३ को खुलेर प्रशंसा गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने प्रेमगीत ३ फिल्म असाध्य राम्रो बनेको छ । आफूले फिल्मको हिन्दी र नेपाली भाषामा बनेको टिजर हेर्दा जुन किसिमले फिल्मलाई प्रस्तुत गरिएको छ । प्राबिधिक पक्ष कथाबस्तु र चरित्रले बोकेको आवरण बिशेष किसिमको रहेको बताए । मलाई लाग्छ भारतमा हिन्दी भाषामा डब भएर जादाँखेरी भारतबासीले फिल्मबाट केही न केही नयाँ पाउने बताए । बलिउडको जस्तो खर्चमा फिल्म नबनेपनि यो फिल्ममा भिन्न किसिमको अनुभुति हुने कुराहरु छन् । फिल्ममा कथा,बिशेष परिबेश, भेषभुषालाई हेर्ने दर्शकलाई फरक लाग्ने बताए । टिजर हेर्दा यो फिल्मले सफलता पाउने उनले बताए ।

खबर एक्सप्रेस