काठमाडौँ । गृहमन्त्रालयले आगामी आम निर्वाचनको मिति मंसिर ४ गते आइतवार एकै चरणमा गर्ने प्रस्ताव गरेको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको मिति बैठकमा प्रस्ताव गरेका थिए । सोही प्रस्ताबलाई मन्त्रिपरिषदले पास गरेको हो ।
यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी निर्वाचन मंसिर ४ मा गर्न सुझाव दिएको थियो । सोहीअनुसार गृहमन्त्री खाणले निर्बाचन मिति प्रस्ताव गरेका थिए । त्यही मितिलाई मन्त्रीपरिषद बैठकले पारित गरेको छ ।