आज:  | Fri, 24, Mar, 2023

नेपालमा ६६० जना कोरोना सङ्क्रमित थपिए

२०७९, २१ श्रावण शनिबार २०:२१ मा प्रकाशित ( ७ महिना अघि) ३५३५ पाठक संख्या

काठमाडौं, साउन २१ गते । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । चार हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा ६६० जना नयाँ सङ्क्रमित थपिएका हुन् । जसमा एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी कुल ६६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ४४४ जना रहेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६४१ रहेको छ ।

खबर एक्सप्रेस