आज:  | Thu, 18, Apr, 2024

पशुपति क्षेत्र सफा राख्न पर्यटन तथा संस्कृतिमन्त्रीले दिए निर्देशन

२०७९, २१ श्रावण शनिबार २०:४७ मा प्रकाशित ( १ साल अघि) ४३१० पाठक संख्या

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गरेका छन् । पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी उनले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका छन् । पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तल लगायत स्थलको अवलोकन पछि त्यहाँको सरसफाइमा ध्यान दिन र भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूप मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिए । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयका रूपमा रहेको बताउँदै मन्त्री श्रेष्ठले सुरक्षा, संरक्षण र सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

 

खबर एक्सप्रेस