आज:  | Sat, 20, Apr, 2024

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

२०७९, २२ श्रावण आईतवार २२:५८ मा प्रकाशित ( १ साल अघि) ५३३३ पाठक संख्या

काठमाडौं, साउन २२ गते । प्रतिनिधि सभाले प्रधान न्यायाधीश चालेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ । महाअभियोगको प्रस्ताव दर्ता भएपछि उनी अब निलम्बनमा परेका छन् । प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।

खबर एक्सप्रेस