आज:  | Fri, 24, Mar, 2023

५५३ जनामा कोरोना संक्रमण पुष्टि

२०७९, २२ श्रावण आईतवार २३:०२ मा प्रकाशित ( ७ महिना अघि) ५०५४ पाठक संख्या

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७८९ जनामा परीक्षण गर्दा ५५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । भने २०४० को पीसीआर परीक्षण गर्दा ४५१ जनामा र १७४९ नमुनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ ।

खबर एक्सप्रेस