काठमाडौं, साउन २३ गते । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना पुष्टि भएको छ । दुई हजार ८६२ जनाको पीसीआर गर्दा ४९८ र दुई हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जना सङ्क्रमित भएका हुन् ।
काठमाडौंमा २३६, ललितपुरमा ४८ र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । भने ४७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८६ छन् ।
खोप ः २४ घण्टामा ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।