आज:  | Sat, 25, Mar, 2023

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७९, २३ श्रावण सोमबार १९:३४ मा प्रकाशित ( ७ महिना अघि) ३७५२ पाठक संख्या

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
आज साँझ ५ बजे पहिरो खसी सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

खबर एक्सप्रेस