आज:  | Thu, 18, Apr, 2024

अभिनेत्री पवित्रा आचार्य उर्फ पावला तिन तस्बिरमा

२०७९, २३ श्रावण सोमबार २०:०७ मा प्रकाशित ( १ साल अघि) ३१९६२ पाठक संख्या

अभिनेत्री पवित्रा आचार्य पछिल्लो चरण अभिनयभन्दा पनि कोरियोग्राफीमा बढी ब्यस्त छिन् । वि.सं २०६३ सालदेखी नेपाली चलचित्र क्षेत्रकी प्रवेश गरेकी आचार्य नेपाल चलचित्र कदाकार संघको सहकोषाध्यक्षको जिम्मेवारी समेत समालिरहेकी छिन् । उनले ‘विजयपथ, राजनीति, आवेग’ लगायतका आधा दर्जन भन्दा बढी फिल्ममा आफ्नो अभिनयको जादु समेत चलाई सकेकी छिन् ।
अभिनेत्री अचार्यले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । गायिका कोमल वलीको तीजको गीतबाट कोरियोग्राफीमा डेब्यु गरेकी उनले पछिल्लो समय कोरियोग्राफी र निर्देशनलाई मुख्य पेशा बनाउदै आएकी छिन् । उनै पवित्रा आचार्यले डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’ भिडियोको निर्देशन गरेसँगै पवित्रा आचार्य अब पावला नाम राखेर अगाडी बढने सोच बनाएकी छिन् ।

 

 


तस्बिर : पाउला पेजबाट

 

खबर एक्सप्रेस