आज:  | Fri, 12, Apr, 2024

आयोजनाका कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको प्रष्ट

२०७९, २३ श्रावण सोमबार २१:०९ मा प्रकाशित ( १ साल अघि) ५३०२ पाठक संख्या

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको कारण आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् ।

विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने गरी काम भइरहेको बताए । ुसडक स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ, सडकको कारण फोहर ढुवानी रोकिएको छैन,’ उनले भने । यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक साता बन्द गरेर फोहोरको डगुर रहेको सिसडोल खण्डमा सडक स्तरउन्तीको काम सम्पन्न गरेको थियो । सिसडोलमा खण्डमा हाल ग्याबिङ भरेर गाडी नफस्ने व्यवस्था मिलाइएको छ ।

 

खबर एक्सप्रेस