आज:  | Thu, 30, Mar, 2023

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

२०७९, २३ श्रावण सोमबार २२:२३ मा प्रकाशित ( ७ महिना अघि) ४८६८ पाठक संख्या

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरोले गर्दा सडक करिब दुई घण्टा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको २९ नम्बर वडामा पर्ने केराबारीस्थित मौरीखोलामा लेदोसहितको पहिरो खस्दा दुवैतर्फका यातायात रोकिएका थिए । पहिरो पन्छाएपछि साँझ सवा सात बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खबर एक्सप्रेस