राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदिय निर्वाचनका लागी जुम्लाबाट चुनाब लड्ने घोषणा गरेका छन् । आगामी मंशिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
शाहीको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाहीले उनको समर्थनमा आफ्नो मंतब्य राखेका थिए ।