आज:  | Sat, 25, Mar, 2023

पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीलाई

२०७९, २३ श्रावण सोमबार २३:०७ मा प्रकाशित ( ७ महिना अघि) ७००७ पाठक संख्या

सरकारले बहुप्रतिक्षीत पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारी-पत्र स्वीकृत गरेको छ । लगानी बोर्डको आज सोमबार बसेको बैठकले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी –६(एसआर ६)  संयुक्त जलविद्युत् परियोजनाको विकासका लागि थप अध्ययन गर्न विकासकर्ता कम्पनीसँग गरिने समझदारी-पत्र स्वीकृत गरेको हो ।

खबर एक्सप्रेस