आज:  | Fri, 24, Mar, 2023

कोरोना संक्रमित एक हजार नाध्यो

२०७९, २४ श्रावण मंगलवार २३:४३ मा प्रकाशित ( ७ महिना अघि) ३७८३ पाठक संख्या

काठमाडौं, साउन २४ गते । नेपालमा पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ९५८ जनाको पीसीआर गर्दा ५६० र तीन हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना गरी एक हजार ९० जनामा कोरोना पुष्टि भएको हो । १७.३ प्रतिशतमा कोरोना पुष्टि भएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी ३९७ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा ३०४, ललितपुरमा ७२ र भक्तपुरमा २१ जना छन् ।
सोही समयमा ४३८ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८०६ छन् ।

खबर एक्सप्रेस