आज:  | Sun, 24, Mar, 2024

तीनजना कोरोना सङ्क्रमितको मृत्यु

२०७९, २५ श्रावण बुधबार २२:०० मा प्रकाशित ( १ साल अघि) ४९९२ पाठक संख्या

काठमाडौं, साउन २५ गते । नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै तीन सय जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१४ जना निको भएका छन् । सोही समयमा एक लाख ३८ हजार ८४०जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ पुगेको छ ।

 

खबर एक्सप्रेस